भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट


भोजपुर । सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते श्रेष्ठकाे खुट्टमा चाेट लागेकाे छ ।
उक्त चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता प्रकाशशरण महत आउने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।
विस्फोटबाट भएको क्षति तथा अन्य विवरण आउँन बाँकी छ ।
भोजपुरका प्रहरी प्रमुख डीएसपी शरतबहादुर थापाले बम विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताए ।
‘हामी अनुसन्धान गर्दैछौं । अहिले अवस्था सामान्य छ । कार्यक्रम भइरहेको छ’, थापाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार