भोजपुरमा आएर प्रचण्डले भने- सुदनलाई रोजेको मन्त्रालय, राजेन्द्र फेरि मुख्यमन्त्री


भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले, सुदन किरातीलाई रोजेको मन्त्रालय दिने आश्वासन दिएका छन् । किराती पूर्वमुख्यमन्त्री शेरधन राईविरुद्ध गठन्धनबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।
जिल्लाको तिवारीभञ्ज्याङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।
‘अस्तिको पटक नै मैले मन्त्री बनाउन जोड गर्दा गर्दै सकिन यो पटक उहाँलाई रोजेको मन्त्रालय दिइन्छ । हेर्नुहोला पहिलोचोटि उहाँले रोजेको मन्त्रालय दिन्छु, अस्तिको ऋण तिर्न बाँकी छ सुदनलाई’, प्रचण्डले भने ।
यता, प्रदेश १ का मुख्यमन्त्री समेत रहेका प्रदेश क का उम्मेद्वार राजेन्द्र कुमार राईलाई समेत मुख्यमन्त्रीकाे आश्वासन दिन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार